दाङ, असार १८ । मुद्दा मिलाइदिने बाहानामा थुनामा रहेका ब्यक्तिका परिवारबाट ५० हजार रकम अशुलेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका – ३ शान्तिबजार घर भइ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० मा डेरा गरी बस्ने ४३ बर्षीय कृष्णबहादुर थारु र सुर्खेत वीरेन्द्रनगर नगरपालिका – १३ इन्द्रपुरकी ३४ बर्षीया मुना चन्द रहेका छन् ।
थारु र चन्दले थुनामा रहेका ब्यक्तिका परिवार संग मुद्दा मिलाइदिने भनेर ५० हजार रकम अशुलेको प्रहरीले बताएको छ ।
वेइमानिपूर्वक आर्थिक लाभ उठाई आपराधिक लाभ (एक्सटर्सन) गरेको कसुरमा अदालतबाट म्याद लिइ उनीहरु माथि अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ ।
अभद्र ब्यबहारको कसुरमा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका प्रतिवादीलाई हिरासत मुक्त गराइ मुद्दा मिलाई दिने आश्वासन दिएर उनीहरुले पैंशा अशुलेको खुलेको छ ।
‘प्रहरी प्रशासन मिलाउनु पर्छ अन्यथा तपाइको मान्छे जेल जान सक्छ’ भनेर अपराधिक लाभ तथा असुली गर्ने उद्देश्यले यस कार्यालयको हिरासतमा रहेको व्यक्तिको परिवारबाट पचास हजार रुपैया असुली गरेको तथ्य अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ ।

