दाङ, असार १७ । कैलालीमा धारिलो हतियार प्रहार गरि एक जना ८० बर्षीया हत्या भएको छ ।
जिल्लाको जानकी गाउँपालिका–९ अमरावतीमा ८० वर्षीया मातादेवी शाहीको घर भित्रै हत्या गरेको अवस्थामा शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुरमा सिंहले बताए ।
घरमा एक्लै बस्ने शाही मंगलबार बिहान सवा ८ बजेतिर आफ्नै दुई तले घरको माथिल्लो तलामा आँफु सुत्ने खटियामा मृत अवस्थामा फेला परेकी थिइन ।
शाहीको छातिमा धारिलो हतियार प्रयोग भएको पाइएको छ भने घाँटीमा पनि घाउ चोट देखिएको छ ।
प्रहरीले तालिम प्राप्त कुकुर लगेर अनुसन्धान थालेको छ ।
शाहीको भने शव पोष्टमार्टमका लागि अस्पतालमा लगिएको छ ।
प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
