२०८२ कार्तिक २९ गते शनिवार

खोरभित्र पसेर चितुवाले बाख्रा मार्‍यो

दाङ, असार १६ । अछाममा एक किसानले पालेका बाख्रा खोरमा भित्र पसेर चितुवाले मारिदिएको छ ।

जिल्लाको साँफेबगर नगरपालिका – १० ठांटीका किसान रामबहादुर बोगटीको बाख्रा खोरमा प्रबेश गरि चार वटा बाख्रा मारेको अवस्थामा फेला परेका छन् ।

थप दुई वटा बाख्रा फेला पर्न सकेका छैनन् । तर, थप तीन वटा बाख्रा भने सकुशल फेला परेका छन् ।

ती बाख्रा मारेर चितुवाले नै लगेर गएको अनुमान गरिएको छ । मध्य राति करिब साढे ११ बजेतिर चितुवा खोरमा पसेर बाख्रा मारेको अनुमान गरिएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय घुघुरकोटबाट प्रहरी नायव निरीक्षक बहादुरसिहं धामीको कमाण्डमा पाँच जनाको टोली पुगेको छ ।

घटनास्थल इप्रका घुघुरकोटबाट झन्डै दुई किलोमिटर पूर्वमा पर्ने जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *