२०८३ भाद्र १० गते बुधवार

स्थापना दिवसमा विद्यार्थीलाई पोशाक बितरण


हेमराज शर्मा, दाङ,असार १३ । दाङकाे घाेराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।

संस्थाकाे १८ ओै स्थापना दिवसकाे अवसर पारेर घोराही उपमहानगरपालिका वडा न ६ मा रहेको जनकल्याण प्रावि लखवार दाङका अध्ययनरत ३५ जना विद्यार्थीलाई १/१ जाेर विद्यालय पाेसाक र ३६ जनालाई कापी वितरण गरिएको हाे ।

सामुदायिक विद्यालयमा अध्ययनरत गरिव विपन्न विद्यार्थीलाई शिक्षा आर्जनमा सानाे भएपनि सहयाेग पुगाेस भन्ने उदेश्यले विद्यालय पाेसाक र कापी वितरण गरिएको सस्थाका अध्यक्ष माधव खनालले जानकारी दिए ।

बचत तथा ऋण सहकारीले आर्थिकसंगै सामाजिक विकासमा पनि काम गर्नुपर्छ भन्ने साेचसहित शिक्षा क्षेत्रमा विशेष जाेड दिईएकाे संस्थाका अध्यक्ष खनालको भनाई छ ।

संस्थाका अध्यक्ष माधव खनालकाे अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा बाेल्ने बक्ताहरूले कलश सहकारी जिल्ला मै उत्कृष्ट हुनुका साथै सामाजिक कार्यक्रममा समेत उल्लेख्य काम गरेकाे भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि घाेराही उप महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुराम आचार्यले कलशले शिक्षासंगै सामाजिक,धार्मिक तथा मानव सेवामा सक्रियता देखाएको भन्दै आफ्नाे वडाका विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकाेमा धन्यवाद दिए ।

संस्थाका उपाध्यक्ष चन्द्रावती पाैडेलकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा दाङ जिल्ला वचत संघका अध्यक्ष विमल कुमार अधिकारी,सहकारी तथा राेजगार प्रवर्द्धन शाखा घाेराहीका प्रमुख प्रेम केसी,विद्यालयका प्रधानाध्यापक शिवराज वली,संस्थाका प्रेस सल्लाहकार हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन सचिव विमल याेगीले गरेका थिए ।

कलश सहकारीले यसअघि प्रावि घाेरदाैरा,आधारभूत विद्यालय गिठेपानी,प्रावि कर्जाही,मावि जजरागाँउ र गुरूकुल चाैघेरामा अक्ष्यकाेष समेत स्थापना गरेकाे छ ।

साे अक्ष्यकाेषकाे रकमबाट विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुँदै आएकाे छ ।

स्थापना दिवसका अवसर पारेर कलश सहकारीले भोलि शनिबार घोराहीमा बृहत रक्तदान कार्यक्रम गर्ने कार्यक्रम तय गरेको अध्यक्ष खनालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *