२०८२ कार्तिक २४ गते सोमवार

११ बर्षीया बालिकालाई सामुहिक बलात्कार पछि हत्या गरेको आरोपमा ५ जना पक्राउ

दाङ, असार १३ । सिन्धुपाल्चोकमा सामूहिक बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या आरोपमा पाँच जनालाई पक्राउ पछि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

असार १० गते भोटेकोशी गाउँपालिका – ५ को स्थानीय जंगलमा ११ वर्षीया बालिका एकाएक बेपत्ता भएकी थिइन ।

उनको शव असार ११ गते स्थानीय जंगलमा फेला परेको परेको थियो। प्रहरीले उनको बलात्कार पछि हत्या भएको एकीनका साथ तालिम प्राप्त कुकुर ल्याएर घटना अनुसन्धान गरेको थियो ।

शब पोष्टमार्टकाको लागि काठमाडौं टिचिङ हस्पिटलमा पठाएको थियो ।

बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले भोटेकोशीका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर कार्कीले राति साढे १० बजेतिर उनीहरुले मकै बारीमा बालिकालाई सामुहकि बलात्कार गर्दा बेहोस भएको र त्यसपछि पोल खुल्ने डरले हत्या गरेको बताएका छन् ।

सुरुमा उनीहरुले घाँटी अठ्याएको र त्यसपछि मरेको एकीन गर्न भीरबाट फाल्दापनि रुखमा अड्किएपछि ढुँगाले अनुहारमा हिर्काएको प्रहरीले बताएको छ ।

टिकटक हेर्न दिने भनेर एक जना गाउँकै चिनजानका आफन्तसमेत पर्ने युवकले ती बालिकालाई बेलुका घरबाट फोन गरि बोलाएका थिए । त्यसपछि उनीहरुले बालिकालाई पसलमा चुरोटपनि किन्न पठाएका थिए ।

चुरोट किनेर ल्याउँदा उनीहरु मदिरा सेवन गरि मकै बारीमा बसेका थिए । प्रहरीका अनुसार उनीहरुले केही दिन पहिले नै कन्डोमसमेत ल्याएर राखेको हुँदा बलात्कारको योजना पहिले नै बुनेको बताएको छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *