२०८२ असार २४ गते बुधवार

सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

दाङ, असार ८ । सुर्खेतमा ट्रयाक्टर दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । थप नौं जना घाइते भएका छन् ।

जिल्लाको पञ्चपुरी नगरपालिका –८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
विद्यालयको भवन निर्माणमा खटिएका मजदुरहरु घर तर्फ फर्किदै गर्दा दुर्घटनामा परेका थिए ।


गम्भीर भाइते मध्य तीन जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार जारी छ । त्यस्तै थप ६ जनाको चौकुने गाउँपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा उपचार उपचार जारी छ । ट्याक्टरमा चालकसहित ११ जना सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

विद्यालय भवन निर्माणमा खटिएका चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरीस्थित घर तर्फ फर्किने क्रममा मजदुर सवार ट्रयाक्टर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार राति १ बजेतिर दुर्घटना बारे प्रहरीलाई खबर प्राप्त भएको थियो । त्यसपछि प्रहरी उद्धारका लागि खटिएको थियो ।

प्रकाशित मिति : २०८२ असार ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *