देविराम कुसारी, दाङ, जेठ २४ । मानवीय सहायता नेपाल र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को साझेदारीमा टोलबिकासका लागि लागू औषध सम्बन्धी एक दिने सचेतना कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बसन्त पोख्रेलको अध्यक्षता तथा वडा नम्बर १३ का वडा अध्यक्ष मोहनलाल पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका सहभागिले लागु औषध दुर्ब्यसनी समाजमा भुसको आगो झैं फैलिएको भन्दै त्यस तर्फ सचेत रहनु पर्ने बताएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पौडेलले लागु अैाषध दुर्वेसानीले युवालाई बढी असर पारेको भन्दै यस तर्फ युवा सचेत हुनुपर्ने बताए ।
वडाका सम्पुर्ण गतिविधिका वारेमा जानकारी गराउदै वडामा करिब तिन कठ्ठमा लगाईएको गाँजा खेति नष्ट गरिएको बताए ।
कार्यक्रममा वडा सचिव बर्णबहादुर हमालले वडाका योजना तथा प्रशासनिक प्रगातिका बारेमा जानकारी गराएका थिए ।
संस्थाका सरस्वती चौधरीको स्वागत वाट सुरु भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रहरी नायव निरिक्षक भरतनाथ योगिले लागु औषधका बारेमा सचेतना गराएका थिए ।
संस्थाका अर्चना शर्माले सहजीकरण गरेको कार्यक्रममा विभिन्न विद्यलय र अन्यगरी ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।