२०८३ भाद्र १२ गते शुक्रवार

ठूली भेरी नदीमा बगेर दुइ जनाको मृत्यु, एक बेपत्ता

दाङ, जेठ २४ । ठूली भेरी नदीमा पौडी खेल्ने गएका मध्य जाजरकोटका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।

एक जना बेपत्ता छिन् । जाजरकोटको नलगाड नगरपालिका –८ की छोरी १६ वर्षीया भगवती नेपाली र १० बर्षीय महेश कुसारीको शुक्रबार दिउँसो बगेर मृत्यु भएको हो । महेशकी दिदी १२ बर्षीया आशा कुसारीको बेपत्ता छिन् । उनको खोजी भइ रहेको छ ।

नदीमा तीन बालबालिका बगिरहेको भन्ने सूचना पाएपछि रुकुमपश्चिमको इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक गणेश खनालको नेतृत्वमा नौ जनाको प्रहरी उद्धारका लागि खटिएको थियो ।

प्रहरी टोलीले भगवतीलाई अचेत अवस्थामा उद्धार गरि आठबिस कोट पुर्‍याउँदा चिकित्सकले शुक्रबार दिउँसो सवा तीन बजेतिर मृत घोषणा गरेका थिए ।


महेशको शब भने सवा चार बजेतिर बगेको ठाउँदेखि झन्डै नौं सय मिटर दक्षिणमा फेला परेको थियो ।
उनीहरु रुकुमपश्चिमको आठबिसकोट नगरपालिका – ९ र जाजरकोट जिल्लाको नलगाड नगरपालिका – ८ मा पर्ने मन्मैस्थित ठूली भेरी नदीमा नुहाउने क्रममा बगेका थिए ।

प्रहरीका अनुसार उनीहरु विद्यालय बाट फर्केर घर गइ नुहाउन भनेर नदीमा पुगेका थिए । सुरुमा नदीमा पसेका महेश बगेपछि उनलाई जोगाउन भनेर दिदी आशा र भगवती पनि पसेका थिए । भाइ जोगाउन गएकी दिदी फेला परेकी छैनन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *