२०८३ असार २७ गते शनिवार

कलश सहकारीको रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न


दाङ, जेठ २८। दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा उपसमितिको आयोजनामा सहकारी शिक्षा कार्यक्रम अन्तरगत अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न भएको छ ।

शिक्षा उपसमितिका संयोजक केशव रिजालको सभापतित्व एवं घाेराही उप-महानगरपालिका सहकारी तथा रोजगार प्रवद्वन शाखा प्रमुख प्रेम बहादुर केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केसीले देशभरका सहकारी सस्थाका अवस्था, बर्तमान अवस्थाका सहकारीको नीति, विधि , चुनौती र अवसरका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम कलश बचत तथा ॠण सहकारी सस्थाका निवर्तमान अध्यक्ष एव सल्लाहकार बालचन्द्र शर्माले कलशको स्थापनाकालदेखि हालसम्मको अवस्था, गरेका कार्य र भावी रणनीतिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहभागीले सोही कार्यपत्रमा रहेर आ आफ्नो सल्लाह सुझाव र धारणा राखेका थिए ।अन्तरतक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले दाङको घाेराहीमा रहेकाे कलश बचत तथा ऋण सहकारी संथाले सदस्यमैत्री कार्यक्रमहरु घर आगनमै आई सञ्चालनगरेकाेमा खुसी ब्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाकाे अध्यक्ष माधब खनाल,साबिक सर्बोत्तम बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष ध्रुवराज पौडेल, उपाध्यक्ष चन्द्रावती भण्डारी, साना किसान रामपुरका अध्यक्ष गुरुप्रसाद खनाल, सस्थाका ब्यवस्थापक प्रकाश अधिकारी लगायतका बोलेका थिए ।

कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य खिमराज खनालले गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *