जाजरकोट,जेठ १२ । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आज दिउँसो २ः२५ बजे भूकम्प गएको छ।
चार दशमलव ३ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिए।
उनका अनुसार यो पराकम्पन हो। जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस भएको उनले जानकारी दिए।
प्रकाशित मिति : २०८२ जेष्ठ १३ गते सोमवार

