२०८२ कार्तिक २१ गते शुक्रवार

राप्ती राजमार्ग एक साताका लागि दैनिक ६ घन्टा बन्द हुने


दाङ,जेठ ७ । कपुरकोट गाउँपालिका ३ चोरखोलादेखि राम्री सडक खण्ड स्तरबृद्धि तथा कालोपत्रे गर्नका लागि सडक डिभिजन कार्यालय दाङ्गले बुधबारदेखि राप्ती राजमार्ग एक साताका लागि दैनिक छ घन्टा बन्द गरेको छ ।

नियमित रुपमा संचालन हुदै आएका गाडीका कारण निर्माणको काम प्रभावित भएपछि डिभिजन कार्यालय दाङ्ग र जिलला प्रशासन कार्यालय सल्यानले सुचना प्रकासन गरेर बुधबारदेखि राप्ती राजमार्ग एक साताका लागि बन्द गरेको हो ।

राप्ती राजमार्गको चोरखोला देखि राम्री सम्मको सडक खण्ड स्तरबृद्धि तथा कालोपत्रेको काम लगातार गाडी संचालनले प्रभावित हु“दा तोकेको समयमा सम्पन्न हुन नसक्ने अबस्था सृजना भएपछि बुधबार विहान ११ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि दैनिक छ घन्टा बन्द गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्रबहाहुर बिष्टले बताए ।

निर्माण कम्पनीले काम गरिरहेको बेला लगातार गाडी चल्दा गरेको काम समेत बिग्रने गरेको र काममा ढिलासुस्ती भएकै कारण निर्माण कम्पनीको आग्रहमा राप्ती राजमार्ग बिहान ११ बजेदेखी बेलुकी ४ बजेसम्मका लागि बन्द गरिएको उहाँले जानकारी गराए ।

उनका अनुसार लगातार गाडी संचालनले ४ किलोमिटर सडक खण्डमा प्रभाबकारी काम हुन सकेको छैन ।

बर्षातको समयमा पहिरो जाने र सिमेन्ट फेक्ट्रीको चुनढुंगा बोक्ने टिप्परका कारण निर्माण कम्पनीले काम गर्दै आएपनि सोचे अनुसार प्रगती नदेखिएपनि पछिल्नो समयमा कालोपत्रे गर्नका लागि ग्रयाबल गरिसकेपछि आउजाउमा केही सहज भएको उनले बताए ।

निर्माणको काम जतिसक्यो छिटो सम्पन्न गर्न यो भन्दा अघि पनि पटक पटक राप्ती राजमार्ग बन्द गरिएको उनको भनाई छ ।

तोकेको समयमा काम हुन नसकेका कारण यात्रुले बाह्रै महिना विभिन्न किसिमका कष्ट उठाउदै आएकाले आउदा दिनमा सास्ती भोग्न नपरोस भनेर नै छिटो छरितो काम सम्पन्न गर्न सबैको सल्लाहमा दैनिक छ घन्टा राप्ती राजमार्ग बन्द गरिएको सल्यानकी प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले बताइन ।

साना तथा अत्यावस्यक सवारी साधन बैकल्पिक मार्ग पैयाखोरिया–सातावास–किमचौर–कपुरकोट सडक खण्ड प्रयोग गर्न र संयमता अपनाउन प्रमुख जिल्ला अधिकारी पुनले आग्रह गरिन ।

बैकल्पिक मार्गबाट साना गाडीहरु आउजाउ गर्दै आएपनि ठुला सवारी साधनमा सवार गर्ने यात्रु प्रभावित भएका उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *