२०८२ असार ७ गते आइतवार

रुखले च्यापिएर एक बालिकाको मृत्यु


चन्द्रौटा,जेठ २ ।कपिलवस्तुमा रुखले च्यापिएर एक बालिकाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-८, मैनिहवाकी १४ वर्षीया सुखना केवटको रुखले च्यापिएर मृत्यु भएको हो ।

हावाहुरी चलेको बेला बगैँचामा आँप टिप्न गएकी उनको रुखले च्यापिएर शुक्रबार दिउसो मृत्यु भएको हो प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारीले बताए ।

प्रहरीका अनुसार घाइते केवटलाई कपिलवस्तु जिल्ला अस्पतालमा उपचारका लागि लगिएकोमा डाक्टरले मृत घोषणा गरेको हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *