चितवन,बैशाख २८ । ट्रक पल्टँदा अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडकको अवरोध हटाएपछि दुईतर्फी रूपमा नै खुलेको छ ।
ट्रक पल्टँदा इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक आइतबार बिहान सात बजेदेखि बाटो पूर्णरूपमा अवरूद्ध भएको थियो ।
मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भएर पल्टेको चितवनका एसपी गोविन्द पुरीले बताए ।
अवरोध हटाएर बिहान १० बजेपछि दुईतर्फी नै गाडी खुलेको चितवनको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा मान्छेलाई भने केही भएको छैन ।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार

