२०८२ बैशाख ३० गते सोमवार

श्रोत नखुलेको झन्डै ३६ लाख रकमसहित मानिस पक्राउ

दाङ , बैशाख २६ । नवलपरासी पश्चिमबाट श्रोत नखुलेको झण्डै ३६ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको रामग्राम नगरपालिका – ६ बाट ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।

स्थानीय प्रेमनाथ बनियाको साथबाट विभिन्न नामका ६७ एम्पुल लागुऔषध, ट्याब्लेट, सिरिञ्ज तथा चार सय ९७ मिलिग्राम हिरोइन र ९ थान मोबाइल बरामद भएको प्रहरी निरीक्षक थापाले बताए ।

बानियाको घर खानतलासीको क्रममा बाकसभित्र कपडासहित झोला र बाल्टीमा राखिएको अवस्थामा रकम बरामद भएको जानकारी दिएको छ ।


लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको प्रहरी टोलीले बनियाको घरमा खानतलासी गरेको थियो । बनियाले घरमै राखेर लागुऔषध कारोबार गर्दै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *