२०८२ कार्तिक २९ गते शनिवार

मटावाँ÷बरघर÷भल्मन्साको प्रस्ताबित बिधेयक २०८२ सरकारलाई हस्तान्तरण


दाङ,बैशाख २५ । मटावाँ÷बरघर÷भल्मन्साको प्रस्ताबित बिधेयक २०८२को सुझाव सहितलाई लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

संवाद समुह सचिवालय तुलसीपुरले लुम्बिनी प्रदेश सरकारले बनाउन लागेको थारु समुदायको प्रथाजनित मटावाँ÷ बरघर÷ भल्मन्साको को प्रस्ताबित बिधेयकका बिषयमा केही समयदेखि सरोकारवाला पक्षहरुसँग भएका पटक पटक संवाद सहजिकरण गरि सुझाब संकलन गरेको थियो ।

सामाजिक बिकास मन्त्रालयको आग्रहमा पश्चिम नवलपरासीदेखि बर्दिया सम्म तथा कैलाली,कञ्चनपुर र सुर्खेत जिल्लाका थारु समुदायको प्रथाजनित मटावाँ÷ बरघर÷ भल्मन्सा,संघिय तथा प्रदेशसभा सदस्यहरु,स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, थारु समुदायका गुरुवा तथा संस्कृतबिद् लगायतसँग संवाद गरिएको थियो ।

उक्त संवादबाट आएका बिभिन्न सुझाबहरुलाई समेत उक्त प्रस्ताबित बिधेयक २०८२ मा समाबेश गरिएको संवाद समुह सचिवालय तुलसीपुरले जनाएको छ ।

उक्त बिधेयक पारित भई ऐन कार्यान्वयनमा आए थारु समुदायको परम्परागत प्रथाजनित क्रियाकलाप समुदायमा लागु हुने बिश्वास गरिएको छ ।

विभिन्न चरणमा लक्षित समुदाय र प्रदेश सरकारसँगको छलफल र सम्वाद सम्पन्न गरी आएको सल्लाह सुझावलाई समेत नीतिमा समावेश गरी लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीनालाई एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको संवाद समुहका सह संयोजक ईन्द्रबहादुर चौधरीले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ सहजकर्ता सुशिल बस्नेतले नीतिमा उल्लेख भएका विषयबस्तु, र थारु समुदायको परापूर्वकाल देखि प्रथाजनित रुपमा चल्दै आएको प्रजातान्त्रीक पद्धती, विकासक्रम र समुदाय परिचालनको विषयका बारेमा नीतिले बोल्नु पर्ने जनाउँदै यस नीतिले उक्त विषयहरु उजागर गरेको जानकारी गराए ।

प्रस्ताबित बिधेयक हस्तान्तरण कार्यक्रममा बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले प्रदेश सरकारले मटावाँ ÷बरघर÷भल्मन्सा नीति प्राथमिकतामा पारी नीति निर्माण गर्न लागेकोमा धन्यवाद दिदै यो नीति प्रदेशसभाबाट पारित भई कार्यान्वयनमा आउने बिश्वास ब्यक्त गरे ।

लुम्बिनी प्रदेशको मटावाँ÷बरघर÷भल्मन्सा नीति २०८२ बेस संस्थाका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरी र बरिष्ठ सहजकर्ता सुशिल कुमार बस्नेतले संयुक्त रुपमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सीना तथा सामाजिक विकास मन्त्रालयका बरिष्ठ अधिकारीहरुलाईलाई हस्तान्तरण गरेका थिए ।

द एशिया फाउण्डेसनको आर्थिक सहयोग, बेस संस्थाको ब्यबस्थापन र संवाद समुह सचिवालय तुलसीपुरको सहजिकरणमा प्रस्ताबित मटावाँ÷बरघर÷भल्मन्सा बिधेयक २०८२ हस्तान्तरण कार्यक्रममा सामाजिक बिकास मन्त्री तिमिल्सीनाले थारु समुदायको प्रथाजनित नीति निर्माणमा संवाद समुहले गरेको सहजिकरणको भूमिकाको प्रशसा गर्दै लुम्बिनी प्रदेश सभामा पेश गरि पारित गरिने प्रतिबद्धता जनाए ।

सोही अवसरमा उनले नीतिको समायोजन गरी संसदमा चाँदैले अगाडी बढाउन सामाजिक विकास मन्त्रालयका सचिवलाई निर्देशन दिए ।

प्रकाशित मिति : २०८२ बैशाख २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *