२०८२ कार्तिक २९ गते शनिवार

वामपन्थी नेता प्रदीप नेपालको निधन


काठमाडौं,बैशाख २३ । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।

साहित्यकारसमेत रहेका नेपालको निधन भएको पुष्टि उनका भाइ समीर नेपालले खबरहबसँग गरेका छन् । नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित थिए ।

उनका अनुसार नेता नेपालको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

उनको जन्म २०१० साल पुस २८ गते भोजपुरको पोखरे गाउँमा भएको थियो। उनी पछिल्लो समय काठमाडौंको गोठाटारमा बस्दै आएका थिए ।

नेता नेपाल नेपालका नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए।

त्यसपछि उनी शिक्षामन्त्री पनि भएका थिए । उनले आफ्नो राजनीतिक जीवनमा सूचना तथा सञ्चार, जलस्रोत र स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए ।

नेपालले २०६४ सालमा शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । एमालेमा कडा मिजासका बौद्धिक नेताका रुपमा उनी परिचित थिए ।

उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्यका रुपमा राजनीति थालेका थिए ।

काठमाडौंमा भएको एमालेको नवौँ महाधिवेशनपछि पार्टीबाट बाहिर पारिएका उनी पार्किन्सन्स रोगबाट पीडित थिए ।

साहित्यमा सञ्जय थापाको परिचय बनाएका उनले एमालेमा सक्रिय हुन्जेल गुटको विरोध गरिरहे । गुटबन्दीले दास जन्माने बताउने उनी त्यहीकारण किनारामा परे ।

एमालेको नवौँ महाधिवेशनमा केपी शर्मा ओली समूहबाट उपाध्यक्षमा उठेर पराजित भए । बुटवलमा भएको आठौँ महाधिवेशनमा पनि उनी महासचिवमा पराजित भएका थिए।

एमाले विभाजित भएसँगै उनी राजनीतिबाट निष्क्रिय थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *