२०८२ बैशाख ३० गते सोमवार

पहिरोले गोठ पुरेपछि एक किसानका २७ खसी बाख्रा मरे, थप २५ खसी बाख्राको खोजी जारी

दाङ, बैशाख ४ । हुम्लामा बिहीबार बिहान परेको ठूलो बर्षाका कारण पहिरोले गोठ पुरेपछि एक किसानका २७ खसी बाख्रा मरेका छन् । थप २५ खसी बाख्रा पहिरोले बेत्तपा भएका छन् ।


जिल्लाको अदानचुली गाउँपालिका –३ गोरपानी छहरेखेतमा पहिरोले गोठ पुरेपछि स्थानीय धर्म बुढाले पारेका खसी बाख्रा पहिरोमा पुरिएर मरेका हुन । २९ वटा खसी बाख्रा भने घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

माथि बाट झरेको पहिरोले बुढाको दुई कोठे गोठमा पूर्ण रुपमा क्षति पुगेको छ । जहाँ ८१ खसी बाख्रा थिए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी शंकर पोखरेलका अनुसार र बिहान ८ बजेतिर माथिबाट झरेको पहिरोले गोठ पुर्दा खसी बाख्रा मरेका हुन ।


प्रहरी चौकी गल्फगाडबाट प्रहरी निरीक्षक सुरेश सुनाको कमाण्डमा प्रहरी घटनास्थल पुगेर पहिरोले पुरेका अरु खसी बाख्राको खोजी गरिरहेको छ ।

बिहीबार बिहान केही बेर परेको ठूलो बर्षापछि अदानचुली गाउँपालिकाको कार्यालयमा पनि पानी पसेको छ । झन्डै एक दर्जन जति पसलहरुमा पानीको भेल पसेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *