२०८२ कार्तिक २९ गते शनिवार

दृष्टिबिहीन युवती माथिको बलात्कार आरोपमा पक्राउ

दाङ, चैत २७ । एक अबिबाहित दृष्टिबिहीन युवतीको पेटमा २८ हप्ताको गर्भ रहेको पाइएपछि उनी माथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।


जिल्लाको रामारोशन गाउँपालिका – ५ का ५१ बर्षीय चेतमान रोकाया पक्राउ परेका छ्न । उनी पनि अपाङगता भएका ब्यक्ति हुन ।

अछामका प्रहरी प्रमुख डिएसपी इश्वरी भण्डारीले रोकायाको दाहिने खुट्टा कृतिम रहेको बताए । मंगलसेनकी २१ बर्षीया युवतिलाई सहयोगको प्रलोभनमा पारी र रोकायाले मंगलसेनको पालेवन सामुदायिक वनमा लगेर असोज २१ गते बलात्कार गरेको खुलेको छ ।

पीडित युवती आफन्तको सहयोगमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा पुगेर रोकायाबिरुद्ध जाहेरी दिएपछि उनी फक्राउ परेका हुन ।


रोकाया र पीडित युवतीको जिल्ला अपांग संघको बैठकमा भएको थियो । युवतिलाई जिल्ला अपांग संघबाट थप सहयोग दिलाइ दिने भनेर रोकायाले प्रलोभनमा पारेर घुम्न जान प्रस्ताब गरेका थिए । रोकायाले सदरमुकाम मंगलसेनस्थित पालेवन सामुदाय वनभित्र पुर्‍याइ बलात्कार गरेको स्वीकार गरेका छन् ।


त्यसयता पीडितले रोकायालाई फोन सम्पर्क प्रयास गरेपनि उनले फोन नउठाउने तथा वेवास्ता गर्ने गर्दै आएको प्रहरीले बताएको छ । त्यसपछि बलात्कार घटना बाहिरिएको थियो ।

पीडित युवतिलाई सुरक्षित आवास गृहको संरक्षणमा राखिएको डिएसपी भण्डारीले बताए ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *