दाङ, चैत २७ । सिरहामा दुई मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सुखीपुर नगरपालिका – ८ का ३० वर्षीय जयकुमार गिरी र कल्याणपुर नगरपालिका–१२ का २८ वर्षीय सन्तोषकुमार यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।
उनीहरुलाई उपचारका लागि धनगढीमाई–९ मुसहर्नियास्थित आरके मेडिसिटी अस्पतालमा पुर्याइएको थियो ।
उपचारको क्रममा दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । सन्तोषको पछाडि सवार सिरहा नगरपालिका – १२ का २४ वर्षीय सिकन्दर यादवको अवस्था पनि गम्भिर रहेको छ । उनको उपचार जारी छ ।
सञ्तोषले चलाएको स.५ प ७७४० नम्बरको मोटरसाइकल पश्चिमतर्फ जाँदै थियो भने यकुमार गिरी चलाएको बा ४४ प १५६१ नम्बरको माटरसाइकल पूर्वतर्फ थियो । कसहा चोकमा दुई मोटरसाइकल बिहान साढे ११ बजेतिर आपसमा ठोक्किएका थिए ।
पूर्व पश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका – ७ कसाहा सडक खण्डमा दुबै मोटरसाइकल तीब्र गतिमा थिए ।
दुर्घटनाबारे अनसुन्धान भइ रहेको प्रहरीले जनाएको छ ।

