२०८२ मङ्सिर १ गते सोमवार

जाजरकोट केन्द्रबिन्दु भएर ३ मिनेटको अन्तरमा दुईवटा भुकम्प


दाङ,चैत २२ । जाजरकोट केन्द्रबिन्दु भएको तीन मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका छन् । शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा पहिलो भूकम्प गएको थियो ।

त्यसको तीन मिनेटपछि ८ बजेर १० मिनेट जाँदा दोस्रो भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पहिलो भूकम्पको तीव्रता ५.२ म्याग्निच्युड र दोस्रो भूकम्पको तीव्रता ५.५ म्याग्निच्युड रहेको थियो । भूकम्पको केन्द्रबिन्दू पैंक क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा गरिएको थियो । भूकम्पको धक्कापछि मानिसहरु घरबाहिर निस्किएका थिए ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *