२०८२ असार २७ गते शनिवार

नवलपरासीवाट चोरेर ल्याएको बाईक दाङमा फेला पर्यो

दाङ,असार १५ । नवलपरासी जिल्लाको गैंडाकोट बाट चोरेर ल्याएको एउटा मोटरसाईकलसहित प्रहरीले एकजनालाई दाङमा पक्राउ गरेको छ । गैंडाकोट नगरपालिका वडा नं. २ बाट चोरेर ल्याएको मोटरसाईकल घोराहीमा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय घोराहीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १५ तुलसीपुर चोक निवासी १७ बर्षीय विनोद नेपाली ना ६५ प ७७९४ नम्वरको एनएस २ सय सिसीको मोटरसाईकलसहित पक्राउ परेका छन् ।

प्रहरीले नेपालीलाई शनिवार घोराहीवाट पक्राउ गरेको थियो । यसैबीच पक्राउ परेका नेपालीसहित मोटरसाईकललाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीमा आइतवार पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *