बाँके, चैत्र १५। बाँकेको नेपाल भारत सिमा क्षेत्र जमुनाहा नाकाबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा, जिल्ला रोल्पा परिवर्तन गाउँपालिका ३ बस्ने बर्ष ३१ को भुपेनद्रा बुढा मगर र सोही ठाउँको माडी गाउँपालिका ३ बस्ने बर्ष ३० को सम्झना घर्ति मगर रहेका छन ।
नेपालगंज १५ जमुनाह प्रहरी पोष्ट स्थित भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई चेकजांच गर्दा ५० ग्राम ब्राउनसुगर फेलापारी इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्यूरो दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
उक्त सम्बन्धमा थप अनुसंधान एवम् कारवाही प्रक्रिया आगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार