२०८२ बैशाख ७ गते शनिवार

आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


दाङ,चैत १२ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ ।

आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरू सबै प्रदेशमा मौसम मूख्यतया सफा रहेको छ ।

प्रिमनसुनको समय भएकाले दिउँसोपछि काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा तथा मधेस प्रदेश र अरू प्रदेशका तराई क्षेत्रमा सामान्य हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *