दाङ, चैत १० । पाल्पाको कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका भारतीय नागरिकको शब पाँच दिन पछि फेला परेका छन् ।
भारत उत्तर प्रदेश गोखरपुर जिल्लाका २५ बर्षीय शिवम पाण्डे चैत ६ गते दिउँसो नुहाउने क्रममा काली गण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए ।
भ्रमणका लागि आएका पाण्डे साथीहरु संगै नुहाउन भनेर पाल्पाको बगनासकाली गाउँपालिका – ६ मा चैत ६ गते दिउँसो १२ ः ५० बजेतिर नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर संगै रहेका उनका साथीहरुले खबर गरेका थिए ।
त्यो सूचना पछि सुरक्षाकर्मीले बेपत्ता पाण्डेको खोजी गर्दै आएका थिए ।
आइतबार दिउँसो मात्रै उनको शब फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् । शब पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार