२०८२ बैशाख ७ गते शनिवार

योग र ध्यानको माध्यमबाट नागरिकलाई स्वस्थ राख्न अभियानका साथ लागि परेका छौं : अध्यक्ष गिरी

दंगीशरण,चैत ७ । योग र ध्यानको माध्यमबाट नागरीकलाइ स्वस्थ राख्न अभियानका साथ लागिपरेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन ।

दंगीशरण ६ को प्रसडुवामा योग कक्षा उद्घाटन गर्दै अध्यक्ष गिरीले यस्तो बताएका हुन ।अध्यक्ष गिरीले सारीरीक र मानसिक स्वास्थ्यका लागी योग अपरीहार्य रहेको बताए ।

समजमा पछिल्लो समय मानसिक रोगिको संख्यामा वृद्धि हुदै गएकोप्रती दुख ब्यक्त गर्दै मानसिक स्वास्थ्यलाइ स्वस्थ राख्न योगमा जोडिन आवस्यक रहेको उल्लेख गरे ।

आफु निर्वाचित भएर आइसकेपछी एक वडा एक योगहल निर्माणको अबधारणा अनुरुप आफु अगाडी बढेको समेत जानकारी दिए ।

दंगीशरण ६ को प्रसडुवामा योग कक्षा उद्घाटन प्रसडुवा योगसाधना केन्द्रकी गङ्गा चौधरीको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा वडा न ६ का वडा अध्यक्ष रोशन जंग शाहको बिशिस्ट आथित्यतामा योगकक्षाको उद्घाटन गरिएको हो ।

योगकक्षा उद्घाटन गर्दै कार्यक्रमका बिशिस्ट अथिती वडा न ६ का वडा अध्यक्ष रोशनजंग शाहले आफु समेत योगमा जोडिने बताउंदै सवैमा योग प्रणायाम र ध्यानको महत्त्ववारे बुझेर समाजलाइ स्वस्थ र सस्कारयुक्त बनाउन लागि पर्न आग्रह गरे ।

रोगलाइ लाग्नै नदिन योगकक्षामा निरंतरता दिन आग्रहगरे ।

योगकक्षा उद्घाटन कार्यक्रममा युवा नेपाल समिति दाङका युवा अध्यक्ष मोतिराम वलि,पतन्जलि योगसमिती दाङका महिला उपाध्यक्ष समिक्षा रिजाल,पतनजलि योग समिति शान्तीनगर प्रभारी निम बहादुर खड्का,पतन्जलि योग समिती दंगीशरणका प्रभारी दिपक बिष्ट,स्वागत प्रभारी प्रल्हाद शाह,पतन्जलि योग समिती दाङका उपाध्यक्ष बिनोद चौधरी ,लगायतले आ -आफ्नो भनाइ राखेका थिए ।

प्रा .वि. बोगटिका प्रधानाध्यापक यम कुमारी बस्नेतको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण पबित्रा चौधरीले गरेकी थिइन ।

प्रकाशित मिति : २०८१ चैत्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *