तुलसीपुर,चैत ५ । तुलसीपुर खानेपानी सरसफाई तथा उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष यमकान्त भण्डारीले उपभोक्तालाई पानीको कमि हुन नदिने बताएका छन् ।
उनले यो कार्यकालपनि आफुले महत्वपूर्ण काम गरेर देखाउने बताए ।
सोमबार तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोलिदै अध्यक्ष भण्डारीले आउदो बर्ष देखि बबई लिफ्टिङको पानी सुचारु हुने भन्दै यो महत्वपूर्ण योजना पुरा गर्न सबैको साथ सहयोग अपरिहार्य रहेको बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघका कार्यबाक अध्यक्ष देबबहादुर केसीको अध्यक्षातामा भएको कार्यक्रममा पुर्ब अध्यक्ष बिमल रिजालले आम उपभोक्तहरुको माग अनुसार नयाँ टिम लाग्नुपर्ने बताएका थिए ।
सो अबसरमा पुर्ब अध्यक्ष रिजालले हजारौ उपभोक्ताहरुको चाहाना अनुसार खानेपानी संस्थाले शुद्धखानेपानी वितरणमा ध्यान दिनुपर्ने बताएका थिए ।
सो अबसरमा नबनिर्बाचित अध्यक्ष भण्डारीले निर्बाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमको सहजिकरण प्रेस संयोजक शरद रेग्मीले गरेका थिए ।