तुलसीपुर,चैत २ । अनुभवको संगालो कवितासंग्रह प्रकाशन भएको छ । कवि सूर्यप्रसाद पौडेलले कविता संग्रह प्रकाशनमा ल्याएका हुन ।
पूर्व शिक्षक तथा साहित्यकार पौडेलले जीवन भोगाइमा आधारित कवितसंग्रह प्रकाशनमा ल्याएका हुन्। कथा संग्रहको शनिबार एक कार्यक्रमका बीच तुलसीपुरमा विमोचन गरिएको छ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा कविता संग्रह विमोचन कार्यक्रम गरिएको हो। वरिष्ठ साहित्यकार गणेश बिशमले कविता संग्रहको विमोचन गरेका हुन् ।
कवि सूर्यप्रसाद पौडेलले आफ्नो जीवनमा भएका अनुभवहरूलाई कवितामा रूपान्तरण गरेर कृति प्रकाशन गरेको बताए ।
उनले यो संग्रह भित्र जीवन भोकाइएका कथाहरू रहेको र विसं २०५० सालदेखि अहिलेसम्मका विभिन्न समयमा लेखिएका कविता समाबेश गरिएको गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार