२०८२ असार २७ गते शनिवार

जाजरकोटमा आगलागीबाट एक बालकको ज्यान गयो


जाजरकोट ,फागुन २६ । जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ ।

कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उनका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।

जनक र आमा बिजुली रोकाय घाइते भएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ ।

पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *