२०८२ कार्तिक २४ गते सोमवार

पोखराबाट काठमाडौं आउँदा पुर्वराजा ज्ञानेन्द्र शाहलाई भब्य स्वागत


काठमाडौं,फागुन २५ । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखराबाट काठमाडौं आउँदा राप्रपा र राप्रपा नेपालसहितका नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका छन्।

राष्ट्रिय झन्डा, पूर्वराजा शाहको तस्बिरसहित उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पूर्वराजालाई स्वागत गरेका हुन्।

विमानस्थलको मूल गेटबाहिर निस्किएपछि पूर्वराजा शाहले ‍त्यहाँ उपस्थित भएकाहरूलाई अभिवादन गरेका थिए।

स्वागतका लागि पुगेकाहरूले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी पनि गरेका थिए।

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा वक्तव्य जारी गर्दै जनताको साथ खोजेका थिए। राप्रपालगायत दलहरूले पूर्वराजाको वक्तव्यलाई समर्थन र स्वागत गरेका थिए।

उक्त वक्तव्य दिएपछि पूर्वराजा शाह पहिलो पटक काठमाडौं आउँदा राप्रपा, राप्रपा नेपाल लगायतले स्वागत गरेका हुन्।

राप्रपाका नेताहरू त पूर्वनिर्धारित आमसभा पनि स्थगित गरेर पूर्वराजाको स्वागतमा गएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *