चितवन,फागुन २५ । जङ्गली हात्तीको आक्रमणबाट चितवनका एक जनाको मृत्यु भएको छ ।
गोविन्दे नामको जङ्गली हात्तीले आक्रमण गर्दा पूर्वी चितवनको खैरहनी वडा ९ घर भएका ३५ वर्षीय सुरेश महतोको मृत्यु भएको हो ।
सौराहाको खेतमा तरकारी टिप्दै गरेको अबस्थामा बाघमारा वनबाट बस्ती प्रवेश गरेको हात्तीले महतोलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
महतोको घटनास्थलमै ज्यान गएको हो । घटना शुक्रबार साँझ भएको र मृतकको शब शनिबार दिउँसो भेटिएको हो ।
प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार

