२०८२ असार ३१ गते बुधवार

नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प


दाङ,फागुन २४ । आज शनिबार नेपालका दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार म्याग्दी र बाग्लुङमा ती भूकम्प गएका हुन् ।

केन्द्रका अनुसार शनिबार बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको पहिलो भूकम्प गएको हो ।

त्यस्तै, बिहान ६ः२० बजे बाग्लुङको खुखानी आसपास केन्द्रविन्दु भएर भएर ४.१ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *