२०८२ असार ३० गते मङ्गलवार

हुम्लामा बिहानैदेखि हिमपात


हुम्ला,फागुन १६ । शुक्रबार बिहानैदेखि हुम्लामा हिमपात भएको छ। हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाम सिमकोटमा हिमपात भएको हो।

हिमपातपछि नाम्खा गाउँपालिकाको लिमि, चाला, याल्वाङ, यारी, मुचु लगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।

जिल्लाको दक्षिण भेग सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा भने बिहानैदेखि वर्षा भएको छ।

हिमपात भएसँगै नेपालगन्ज , सुर्खेतबाट हुने हवाइ उडानसमेत प्रभावित भएको छ। तारा, सीता, समिट एयरलाइन्सको उडान रोकिएका छन्।

रातभर वर्षा भए पनि बिहान-७ बजेबाट जमिनमा हिउँ जम्न थालेको स्थानीयले बताएका छन्। बिहान ७ बजेदेखि हिउँ पर्न थालेपछि चिसो अत्याधिक बढेको छ।

बिहानबाट हिउँ परेसँगै चिसो बढेको स्थानीय लक्ष्मण ऐडीले बताए। ‘राती वर्षा मात्रै भएको थियो, बिहानबाट हिउँ जम्न लागेको छ।’, उनले भने।

हिउँपरेपछि कृषकहरूलाई राहत भएको छ। दक्षिण क्षेत्रमा रातबाट वर्षा भएको चंखेली गाउँपालिका-१ का तिलक बोहराले बताए।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *