दाङ, फागुन १३ । प्रहरीले कालीकोटका काका भतिजा चरेशसहित प्रहरीले पक्राउ गरेको छ ।
कालिकोटको खडाचक्र नगरपालिका – १० का ३५ बर्षीय बिक्रम शाही र ३५बर्षकै भक्तबहादुर शाही बाँकेको नेपालगञ्ज – ४ बसपार्क जाने सडक खण्डवाट पक्राउ परेको हुन ।
प्रहरीका अनुसार पक्राउ परेका उनीहरु नाताले काका भतिजा हुन । बिक्रम काका हुन भने भक्तबहादुर भतिजा हुन ।
फागुन १२ गते दिउँसो चेकजाँचका क्रममा प्रहरीले उनीहरुको साथबाट ४ केजी २२० ग्राम चरेश बरामद भएको जानकारी दिएको छ ।
प्रहरीले सुराकका आधारमा र आँफै खरिद कर्ता बनेर पच्याउँदै गइ उनीहरुलाई पक्राउ गरेको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।
बिक्रमले चलाएको सु.प.प ०१–०११ प १८५५ नम्बरको स्कुटरको पछाडि सवार भक्तबहादुरले पिठ्यूमा बोकेको झोलाबाट चरेश बरामद भएको थियो ।
पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
