दाङ,फागुन ६। तुलसीपुरमा धतुरोको फल खाँदा एकजना बिरामी परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ७४ वर्षीय ललित नारायण श्रेष्ठले आफ्ना नातिनातिनाहरूले खेलाइरहेको धतुरोको फल अनजानमै खाँदा बिरामी परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
प्रहरी निरक्षक राणाका अनुसार धतुरो सेवनबाट अचेत अवस्थामा रहेका श्रेष्ठको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार