२०८२ कार्तिक २५ गते मङ्गलवार

बिद्यार्थिले गरे बृद्धाआश्रममा खाद्यान्न सहयोग


दाङ ,फागुन २ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबिबिएस र नर्सिङमा अध्ययनरत बिद्यार्थीहरुले शुक्रबार घोराही १६ तेरौटे स्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा बस्ने बृद्धबृद्धाहरुलाई सरस्वती पुजाको अवसरमा संकलित रकमबाट खाद्यान्न सहयोग गरेका छन ।

एमबिबिएस कोर्डिनेटर प्रोफेसर डा. निरज पाण्डेको उपस्थितीमा बिद्यार्थीहरुले आश्रमका कर्मचारी हिरा शाहलाई खाद्यान्न सामग्रि हस्तान्तरण गरेका हुन ।

आफ्नो खाजा खर्च कटाई बचेको रकम र सरस्वति पुजामा संकलित रकम सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बिद्यार्थिहरुको भनाई छ ।

बिद्यार्थीहरुले सामाजिक उत्तरदायित्व बहन गरेर असहाय जेष्ठ नागरिकहरुलाई सहयोग गर्नुले राम्रो शन्देश गएको प्राध्यापक डा. पाण्डेले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *