२०८१ फाल्गुन ७ गते बुधवार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते


नेपालगन्ज, माघ १८ । बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ का अनुपकुमार थारुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिहीबार राति बिवाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा भे १२ प ४२६८ नम्बरको मोटरसाइकलमा सवार रहेका थारुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीयाका ईसम थारु र जिवन थारु रहेका छन् ।

घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *