२०८१ फाल्गुन ७ गते बुधवार

रगत अभाव हुन नदिन सुस्माले गरिन १० औं पटक रक्तदान


बिजौरी,माघ ८ । तुलसीपुर उपमहानगरपालिका वडा न . १८ बिजौरी निवासी सुस्मा रिजाल (भट्टराई) ले रक्तदान गरेकी छन ।

तुलसीपुरमा रगतको अभाव भैरहेको सुनेपछी उनले मंगलबार रक्तसञ्चार केन्द्र तुलसीपुरमा पुगी रक्तदान गरेकी हुन । यो उनको १० औं रक्तदान हो ।

यस अधि सुस्माले नवौं पटक रक्तदान गरिसकेको बताउछिन ।

रगतको अभावले कोहि पनि बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने सोचका साथ रक्तदान गर्दै आएको उनले बताइन ।

२९ बर्षिय सुस्मा सामाजिक कार्यमा सक्रिय छिन ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *