२०८२ कार्तिक २४ गते सोमवार

रोज यातायात प्रालिको नंया नेतृत्व चयन,अध्यक्षमा भुपेन्द्र भण्डारी


तुलसीपुर,पुस २७ । तुलसीपुरमा रोज यातायात प्रालीको नया नेतृत्व चयन गरिएको छ । यस अघि नै तुलसीपुरबाट सेवा दिदै आएको अटाे प्रालीले आगामी दिनमा ब्यवस्थित तरिकाले सेवा दिने उद्देश्यले भुपेन्द्र भण्डारीको नेतृत्वमा नंया कार्यसमिति चयन गरेको हो ।


प्रालीको उपाध्यक्षमा केशब भुसाल,महासचिवमा सन्तोष डांगी,सचिबमा अंश कुमारी रोका,कोषाध्यक्षमा कल्चु चौधरीलाई चयन गरिएको छ भने सदस्यहरुमा राम बहादुर खत्री ,नारायण प्रसाद गौतमलाई चयन गरिएको छ ।


शनिबार बसेको बैठकले प्रालीको बरिस्ठ सल्लाहकारमा विशाल जंग शाह,युवराज खडका बिकास बस्याल, प्रेस सल्लाहकारमा सन्तोष केसी र कानुनी सल्लाहकारमा मधुसूदन गौतमलाई चयन गरिएको उपाध्यक्ष केशब भुसालले जानकारी दिए ।

उनका अनुसार प्रालीले प्रत्येक रुटमा कर्मचारी खटाउने,दुर्घटना भएको खण्डमा स्पोर्ट्समै दुर्घटना इन्चार्ज उपस्थित भइ पीडित अटाे ब्यवसायीको हकहितका लागि बोल्ने निर्णय गरेको छ ।

साथै प्रालीको दुर्घटना इन्चार्जमा निरज श्रेष्ठ, मोबाइल टिम सयोजकमा नरेश बुढाथोकीलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *