दाङ, पुस २१ । नेपाली बजारमा सुन एकै दिन एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला दुई हजार रूपैयाँले बढेको थियो ।
तर, आइतबार सुनको भाउ एकै दिन प्रतितोला एक हजार पाँच सय रूपैयाँले घटेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
तर, आइतबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस्तो जानकारी दिएको छ । चाँदीको मूल्यमा भने कुनै फेरबदल भएको छैन ।
प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार