२०८२ असार ३१ गते बुधवार

जेसिजको स्थापना दिवसमा दीप प्रज्वलन

तुलसीपुर,पुस १३ । तुलसीपुर नगर जेसिजले स्थापना दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। तुलसीपुर बजारस्थित जेसीज चोकमा दीप प्रज्वलन गर्दै संस्थाको १२ औं स्थापना दिवस मनाएको हो।

जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको दप प्रज्वलन कार्यक्रममा सहभागीहरुले सामाजिक सेवाप्रतिको प्रतिबद्धता व्यक्त गरेका छन्।

संस्था स्थापनाको मूल्य मान्यता र मर्मलाई आत्मसाथ गर्दै आगामी दिनमा यस संस्थाको सामाजिक सेवालाई थप सक्रिय बनाउने उनीहरूको अठोट रहेको थियो।

तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष झरेन्द्र खरेल,बिमलकुमार पौडेल, दिपेश भण्डारी, मेघराज घिमिरे, केशवराज केसी, र निवर्तमान अध्यक्ष शालिकराम ओलीले जेसिजको नेतृत्व विकास र सामाजिक सेवाका कार्यहरूको प्रशंसा गरेका थिए।

उनीहरूले जेसिजले छोटो समयमै सामाजिक योगदान र पहिचानमा सफलता प्राप्त गरेको बताए। कार्यक्रमका अध्यक्ष पूर्णविक्रम डाँगीले जेसिजको मूल्य र मान्यताका आधारमा युवाहरूलाई नेतृत्व विकासमा प्रेरित गर्दै समाज सुधारमा योगदान पुर्‍याइरहेको बताए।

उनले आगामी दिनमा पनि संस्थाको सामाजिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रम संयोजक केशवराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ सन्दिप भुसालले गरेका थिए भने कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गरेका थिए।

प्रकाशित मिति : २०८१ पुष १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *