हुम्ला,पुस ९। हिमपात भएपछि हुम्लामा जनजीवन प्रभावित बनेको ।
सोमबार दिउँसोसम्म मौसम सफा रहेको हुम्लामा रातीदेखि हिमपात सुरु भएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।
दुई इञ्चसम्म हिउँ जमेको र उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको उनलेबताए। उनका अनुसार हिमपात भएसंगै जिल्लामा चिसो अत्यधिक बढेको छ ।
चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए। जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ ।।
प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार

