दाङ ,पुस ३ । लामा्समयदेखी आँखा रोगको उपचारदेखी अप्रेसनसम्म सकृय चिकित्सक आँखा रोग विशेषज्ञ डा. सुरेश रसाइलीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वागत गरिएको छ ।
प्रतिष्ठानका उपकुलपती डा. विकास लामीछानेले एक कार्यक्रमका विच डा. रसाइलिलाई टिका, खादा र मालाले स्वागत गरेका हुन ।
रसाइली यसअघि लामोसमयसम्म राप्ती आँखा
अस्पताल रक्षचौर तुलसीपुरमा कार्यरत थिए । उनले पुस १ गतेदेखी प्रतिष्ठानमा हाजिरी भई सेवा सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले जानकारी दिए ।
स्वागत कार्यक्रममा वोल्दै प्रतिष्ठानका उपकुलपती डा. लामीछानेले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान आँखा उपचारको केन्द्र बन्ने बताए ।
दाङ, घोराही निवासी वरिष्ठ आँखा रोग विषेशज्ञ डा.रसाइली प्रतिष्ठानमा हाजिरी भएपछी अव प्रतिष्ठानवाट आँखाको सम्पुर्ण उपचारदेखी अप्रेसनसम्मको सेवा विरामीले पतिष्ठानमा सेवा पाउने बताए ।
