२०८२ कार्तिक २२ गते शनिवार

आज देशभरको मौसम कस्तो छ ?

दाङ,पुस ३ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका केही स्थानमा हुस्सुका साथै थोरै स्थानमा कुहिरोको लागेको छ ।

आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.१ डिग्री सेल्सियस मापन गरिएको थियो । हिजो सोही समय काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको थियो ।

आज दिउँसो र रातिको समयमा देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डययनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८१ पुष ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *