२०८२ साउन १ गते बिहिवार

विद्यालयलाई इट्टा सहयोग गर्ने प्रतिवद्धता


दाङ, मंसिर ३० । घोराही उपमहानगरपालिका–७ स्थीत माध्यामिक विद्यालय सौडियारमा निर्माण हुने सभाहलका लागि दाङ देउखुरी इट्टा व्यवसायी समितिले इट्टा सहयोग गर्ने भएको छ ।


विद्यालयमा निर्माण हुन थालेको सभाहलका लागि आवश्यक पर्ने करिव तीन टिप बराबर इट्टा समितिले सहयोग गर्ने बताएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्राईले जानकारी दिएका छन् ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भट्राईका अनुसार दाङ देउखुरी इट्टा व्यवसायी समितिका अध्यक्ष रोम वलीले आइतवार सभाहल निर्माणका लागि इट्टा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।


विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आर्थिक संकलन गर्ने उद्देश्यले यहि मंसिरको २१ गतेदेखि २७ गतेसम्म विद्यालयमा महायज्ञ सञ्चालन समेत गरेको थियो । उक्त महायज्ञबाट ३१ लाख बढी आर्थिक संकलन विद्यालयले गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *