२०८१ मङ्सिर १९ गते बुधवार

बसको ठक्करबाट एक जनाको मृत्यु


जाजरकोट,मंसिर १५ । बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भेरी करिडोर सडकखण्ड अन्तर्गत डोल्पाबाट नेपालगन्ज जाँदै गरेको भे१ख १३९६ नम्बरको बसले ठक्कर दिँदा नलगाड नगरपालिका-१ चिउरीका सुरेश महरको मृत्यु भएको हो ।

भेरी नगरपालिका-१ रावतगाउँ नजिकै महरलाई बसले ठक्कर दिएको थियो ।

दुर्घटनापछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले बताए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *