लक्ष्मण बस्नेत,तुलसीपुर,कार्तिक ३० । पतन्जली योग अरनिको साधना केन्द्र तुलसिपुर ५ को शनिबार हुने दोस्रो वार्षिक उत्सव तथा साधारणसभाको तयारी पूरा भएको छ ।
अरनिको समिक्षालय भवनमा हुने साधारणसभाको पतन्जली योग लुम्बिनी प्रदेश प्रभारी प्रेम शाहले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
बिहान साढे चार बजे देखि सुरु हुने साधारणसभाको मंच ब्यवस्थापन,आतिथ्य सत्कार,जलपान,प्रचारप्रसार लगाएत सबै तयारी पूरा भएको केन्द्रका अध्यक्ष लोकराज गिरिले जानकारी दिए ।
सभामा महासचिव बिमल श्रेष्ठले केन्द्रले वर्षभरी गरेका प्रगती तथा प्रशासनिक प्रतिवेदन र कोषाध्यक्ष हरि कडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसैबिच आयोजक अरनिको साधना केन्द्रले साधारणसभा लाई भब्य एवं सभ्य तवरले सम्पन्न गर्न पतन्जली योग प्रदेश,जिल्ला,नगर तथा साधना केन्द्र,सहयोगी दादा, योग अनुरागी दिब्यजन लगाएत सबैमा गरिमामय उपस्थितिलागि हार्दिक अनुरोध गरेको छ् ।