दाङ, कात्तिक ३० । दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
थप चार जना घाइते छन् । घाइते चार जनाको जिल्लास्थित गोकुलेश्वर अस्पतालमा उपचार जारी छ ।
शुक्रबार बिहानै शैल्यशिखरनगरपालिका–६ मा मालिकार्जुन धामको मेलाबाट गोकुलेश्वर आउँदै गरेको करिब १२ जना सवार १ ज३३८ नम्वर जिप सडकबाट तीन सय मिटर तल खसेको थियो ।
दुर्घटनाका घाइतेमध्य हालसम्म आठ जनाको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
यो खबर तयार पार्दासम्म मृतकको पहिचान भने खुली सकेको छैन । चालकपनि गम्भीर घाइते छन् । दुर्घटनाको कारण खुली सकेको छैन ।
प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
