दाङ, असार ४ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले बैजनाथ गाउँपालिकामा मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
जस्मा कर्मचारीले अनियमितता गर्ने गरेको आरोप लगाइएको छ ।
तरुण दलको ज्ञापन पत्रमा कर्मचारीले बाँडेका कानुन बिपरितका कोटेसनहरु खारेज गर्नुपर्ने, नियम विपरित बाँडिएका डिपीआर खारेज गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै बिभिन्न योजना निर्माण गर्दा कमिसन माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने र कृषि औजार खरिद गर्दा भ्रष्टचार गरेको दाबीसहित त्यसको छानविन हुनुपर्ने माग गरिएको छ ।
प्रकाशित मिति : २०८१ असार ४ गते मङ्गलवार