२०८३ भाद्र ११ गते बिहिवार

लुम्बिनी प्रदेशमा १५ प्रतिशत बालबालिका बालश्रम गर्न बाध्य


तुलसीपुर,जेठ ३१ । बालश्रम मुक्त तुलसीपुरका लागि सरोकारवालाले जोड दिएका छन् । बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार सेन्टर मावि तुलसीपुरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले बालमैत्री तुलसीपुर बनाउनका लागि बालश्रम मुक्त तुलसीपुर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

बालअधिकार महासन्धिमा हस्ताक्षर गरेर बालअधिकार प्रती आफनाे प्रतिवद्दता जाहेर गरेपनि कार्यान्वयनमा फितलाेपना देखिएकाे उनिहरुकाे ठहर थियाे ।

कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख गिरीराज पाण्डेले बालश्रम मुक्त पालिका बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सबै बालबालिका शिक्षाको पहुँचमा जोडिन सकेमात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने बताए ।

त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अरु क्षेत्रभन्दा यातायात क्षेत्रमा बालश्रमिक हुने समस्या रहेको भन्दै आफुले त्यसको अन्त्यका लागि पहल गरेको बताए ।

नाङ्गाे शरीर र भाेकाे पेट भर्नका लागि गाँस, बाँस कपासकाे ब्यवस्था नगर्दा सम्म बालश्रमकाे अन्त्य नहुने बताए । यसका लागि स्थानिय निकाए, विभिन्न संघसंस्था सहकार्य गर्नुपर्ने बताउनुभयाे । याे संगसंगै बालबालिकालाइ लागू औसध दुर्व्यसन बाट सचेत हुन जरुरी रहेको बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले होटल तथा उद्योग क्षेत्रमा बालश्रम अन्त्यका लागि संघले खबरदारी गरिरहेको बताए । तुलसीपुरलाई बालश्रम मुक्त बनाउन नँया याेजनाका साथ अगाडि बढ्ने प्रतिवद्दता ब्यक्त गरे ।

सेन्टर मावि तुलसीपुरका प्रधानाध्यापक भागवत पौडेलले बालबालिकालाई शिक्षाको पहुँचमा जोड्न निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा महिला तथा बालबालिका संरक्षण केन्द्रका अध्यक्ष तथा बालविज्ञ नवराज लामिछानेले सबैको सामुहिक प्रयासले मात्रै बालश्रममुक्त नगरको परिकल्पना गर्न सकिने बताए । उनले तुलसीपुरमा अझै पनि बालबालिका श्रममा लागेको अवस्था रहेको बताउँदै बालश्रममुक्त नगर बनाउनका लागि आफु निरन्तर अभियानमा रहेको बताए ।

बालअधिकारकर्मि लम्सालले प्रश्तुत गरेकाे प्रतिवेदन अनुशार नेपालमा २०२३ सम्मकाे तथ्यांकअनुसार ११ लाख बालबालिका बालश्रमिक छन् ।

यस्तै लुम्बिनी प्रदेशमा २०८० काे तथ्यांकअनुसार ५ देखि १७ बर्ष उमेर समुहका १ लाख ९४ हजार बालश्रमिक छन् । जम्मा बालबालिकाहरु मध्ये १५ प्रतिशत बाल श्रम गर्न बाध्य छन् ।

यस्तै ५ देखि १३ बर्ष उमेरका १ लाख ४२ हजार, १४ देखि १७ बर्ष उमेरका ५२ हजार बालश्रमिक छन् । यस्तै लिङ्गका आधारमा ८८ हजार (१३.९८)प्रतिशत, बालिका १ लाख ५ हजार (१७.६५)प्रतिशत छन् जसमा बालिकाकाे संख्या धेरै भएको पाइएकाे छ ।

लुम्बिनी प्रदेशमा १०९ पालिका, १२ जिल्लामा स्थानीय बालअधिकार समिति १२ वटा मात्र गठन भएका छन् । १६ वटा स्थानिय तहमा बालकाेष खडा भएको छ भने १४ वटा बालगृह रहेकाे छ ।

यसैबीच , तुलसीपुर उपमहानगरपालिकामा २३८७८ बालक र २२२०१ बालिका गरि जम्मा ४६०७९ बालबालिका छन् । प्रतिशतमा २५.६३ प्रतिशत बालबालिका रहेको तथ्यांकले देखाएको छ ।

जसमा आमाबुबा संग बस्ने ७१.८ प्रतिशत, आमासंग मात्र बस्ने २२.६ प्रतिशत, बुबासंग मात्र बस्ने १.०९ प्रतिशत, बुबा र अर्कि आमासंग बस्ने ०.४ प्रतिशत, आमा र अर्को बुबासंग बस्ने ०.१ प्रतिशत, अन्य आफन्तसंग ३.५ प्रतिशत र राेजगारदाता संग बस्ने ०.०१ प्रतिशत छन् ।

तुलसीपुर उपमहानगरपालिका भित्र अहिले सम्म १९ वटा वडा मध्ये ६,२,१,१८ र १६ गरि जम्मा ५ वटा वडा मात्र बालश्रम मुक्त वडा घाेषणा भएका छन्

तुलसीपुर उपमहानगरपालिका, महिला तथा बालबालिका संरक्षण केन्द्र (न्यूसीपीसी) र सिर्जना बालक्लब मावि तुलसीपुर सेन्टरको आयोजनामा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको हो ।

सिर्जन बाल क्लबका अध्यक्ष राजु विकको अध्यक्षता तथा सामाजिक विकास डिभिजनका प्रमुख गिरीराज पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण गणेश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *