२०८१ जेष्ठ ५ गते शनिवार

प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्टका रुपमा डा. राजेश निरौला


घोराही, जेठ २ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तारलाई लक्षित गर्दै अहिले चिकित्सकहरु थप्नेक्रम सुरु भएको छ ।

प्रतिष्ठानमा नयाँ रजिष्ट्रारकारुपमा प्राध्यापक श्याम लम्साल आए लगत्तै धमाधम नयाँ चिकित्सकहरु थपिनेक्रम सुरु भएको छ ।

रजिष्ट्रार लम्सालले आफु सेवा विस्तारमा प्रतिवद्ध भएर लागेको भन्दै निकट भविष्यमा प्रतिष्ठानमा सञ्चालन हुने एमविविएसको पठनपाठन र अस्पतालको सेवा विस्तारमा ध्यान दिदै चिकित्सकहरु आउनेक्रम सुरु भएको बताए ।

यसैक्रममा प्रतिष्ठानमा नयाँ रेडियोलोजिष्टरुपमा डा. राजेश निरौला आएका छन । विरेन्द्रनगर, सुर्खेत निवासि निरौला मंगलवारदेखी सेवा सुरु गरेका छन

सिटि स्क्यान र एमआरआई सेवालाई ब्यवस्थित बनाउन नयाँ रेडियोलोजि थपिएको र अन्य चिकित्सकको संख्या बढाउन पहल भइरहेको रजिट्रार लम्सालले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखी कार्यरत डा.निरौला असिस्टेण्ट प्रोफेसरकोरुपमा प्रतिष्ठानमा कामकाज गर्ने छन ।

राष्ट्रपति पौडेलले गरे आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई मंगलबार अपराह्न सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।

लगातार संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अवधिमा भने संसदन संचालनमा सहघाएको छ । कांग्रेस संसदीयदलको आज बिहान बसेको बैठकले नीति तथा कार्यक्रम अवरुद्ध नगर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *